गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १७:०० मा प्रकाशित काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) का कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । काठमाडौं—१० शंखमुलका एक ६० वर्षीय पुरुषको २६ असारमा निधन भएको छ । फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण स्वास्थ्यमा समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा १७ असारमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै, २५ असारमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ५४ वर्षका पुरुषमा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ । काठमाडौंका गोकर्णेश्वर—४ घर भएका उनी मिर्गौलामा रोगका विरामी थिए । स्वास्थ्य समस्या आएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना गर्दा श्वास प्रश्वासमा पनि समस्या देखिएपछि २१ असार उनको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सिन्धुपाल्चोक पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको २५ असारमा पाटन अस्पतालमा निधन भएको छ । १८ असार क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा २२ असारमा कोरोना पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुरक्षित गर्भपतनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुरक्षित गर्भपतनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड