२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु


सुनसरी-इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालको आकस्मिक सेवाको उदघाटन गरेका हुन् ।

उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने बताए । उनले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता पनि ब्यक्त गरे ।

उदघाटन समारोहमा प्रदेश सांसद लिलम वस्नेत, पूर्व सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम, नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना ब्यक्त गरे ।

कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाइ लिने दावी गरे ।

कार्यक्रममा इटहरी अस्पतालकाे प्रमुख डा. रुमी यादवले इटहरी अस्पतालबाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिए । त्यस्तै, अस्पतालकाे इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले दैनिक ३०० जना बिरामी अस्पतालमा आउने भएकाेले इमर्जेन्सी सेवा सेवाग्राहीकाे आवश्यता भएकाे बताए ।इसीजी, एक्स रे, नेवुलाइजेशन सेवासहित एक कार्डियाक माेनिटरसहित ५ वटा वेड सुविधाकाे इमर्जेन्सी सेवा संचालनमा ल्याइएकाे इमर्जेन्सी इन्चार्ज धमलाले बताए ।

अस्पतालमा जेष्ट मसान्तदेखि हालसम्म ९४ जनाको निःशुल्क डेगु परिक्षणसँगै इमर्जेन्सी सेवा संचालनमा ल्याएकाे थियाे । साेमध्ये २६ जना डेगु संक्रमितकाे उपचार गरेकाे पनि जानकारी दिइयाे ।

यो अस्पताल २०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भएर ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो । १५ सैय्याको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टरसहित ५० सैय्याको अस्पताल वनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ