२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघुँडा सम्बन्धि समस्या भएकाहरुलाई नेपाल मेडिसिटी अस्पतालमा निःशुुल्क परामर्श हुने

घुँडा सम्बन्धि समस्या भएकाहरुलाई नेपाल मेडिसिटी अस्पतालमा निःशुुल्क परामर्श हुने


ललितपुर-साउन १५ बाट नेपाल मेडिसिटी अस्पतालमा घुँडा सम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गर्ने भएको छ ।

विशेषगरी ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिक महिलामा सामान्य रहेको घुँडा खिइने समस्यालाई लक्षित गरी यो योजना लागु हुन लागेको हो ।

अस्पतालकै ओपिडीमा हाडजोर्नी विशेषज्ञसँग निःशुल्क परामर्श गर्नका लागि अग्रीम नाम दर्ता गर्नुपर्नेछ । घुँडा तथा जोर्नी सम्बन्धि समस्या भै जोर्नी प्रत्यारोपण आवश्यक रहेकाहरुका लागि यो योजना विशेष लाभकर रहने अपेक्षा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

घुँडा दुख्ने, घुँडा बाँगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथरोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका ब्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्दछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ