२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंकबीच उपचारमा छुट सम्बन्धि सम्झौता

ओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंकबीच उपचारमा छुट सम्बन्धि सम्झौता


काठमाडौं-ओम समाज डेन्टल हस्पिटल र लुम्बिनी विकास बैंकबीच दन्त रोगको उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । बुधबार  भएको सम्झौतामा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम लुम्बिनी विकास बैंकका कर्मचारी, कार्डबाहक तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसै कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. घिमिरेले लुम्बिनी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  बोहरालगायतलाई मायाको चिनो प्रदान गरेका थिए । प्रमुख कार्यकारी अधिकृत बोहराले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्न पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गरे ।

विगत लामो समयदेखि संचालनमा रहेको ओम समाज डेन्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क दन्त शिविर तथा विभिन्न स्वास्थमुलक कार्यक्रम गर्दै आइरहेको छ ।  यसअघि  ओम समाज डेन्टल हस्पिटल मुक्तिनाथ विकास बैंक , माछापुच्छ्रे बैंक, बिराज समाजलगायतसँग सहकार्य सुरू गरेको हस्पिटल प्रशासन प्रमुख अजय रेग्मीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ