२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुमेरु अस्पतालमा दुई जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण


काठमाडौं—ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको सफल मिर्गौला प्रत्यारोपण गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. ऋषि काफ्लेले जानकारी दिए ।

भावि योजना सम्बन्धी जानकारी दिन बिहीबार अस्पतालले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो । अस्पतालले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत २ जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण जानकारी दिएको छ ।

१२ जना डाक्टरहरुको टोलीले गुरुङ र मोक्तानमा मिर्गौला प्रत्यारोपण गरेको हो । प्रा.डा. काफ्ले नेतृत्वमा भएको प्रत्यारोपणमा सर्जनका रुपमा डा.वीरेन्द्र यादव, डा.किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी रहेका थिए । नेफ्रोलोजिष्टको रुपमा डा. राजेन्द्रकुमार अग्रवाल, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सन्जीव आचार्य थिए भने प्रत्यारोपण एनेस्थेसिस्टमा डा. महालक्ष्मी देउजा र डा. अनिल ओझाले भूमिका निभाएका थिए ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिर्गौला प्रत्यारोपणमा आफूहरुले अस्पताललाई प्रोत्साह गर्ने बताए । सो अवसरमा उनले प्रत्यारोपण गर्ने टोलीसहित प्रत्यारोपण गरिएका विरामीलाई पनि सम्मान गरेका थिए ।

प्रा.डा. काफ्लेले सरकारले दिने रकम सहज रुपमा उपलब्ध गर्न कठिनाई रहेको बताए । उनले सरकारले घोषणा गरेको ४ लाख रुपैयाँ र प्रत्यारोपणपछि खाने औषधि निःशुल्क र सहज उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

साथै, अस्पतालले राज्यद्वारा निर्धारित शुल्कभित्र रही सर्वशुलभ ढंले प्रत्यारोपण गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, ब्लड ग्रुप म्याचिङ्ग नहुने बिरामीहरुको मिर्गौला प्रत्यारोपणको लागि प्लाज्मा फेरोसिस मेशिन जडान र सुविधा सम्पन्न एच.एल.ए. ल्याव समेत संचालन गर्ने योजना रहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न २०० शैय्याको किड्नी अस्पताल, सबै प्रदेशमा मृगौला रोग सम्वन्धी सेवा केन्द्र स्थापना गर्ने योजना पनि अस्पतालको छ । हाल अस्पतालले विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ