२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंगापुरको उपचार खर्च प्रधानमन्त्री ओली स्वयंमले ब्यहोर्ने

सिंगापुरको उपचार खर्च प्रधानमन्त्री ओली स्वयंमले ब्यहोर्ने


काठमाडौं—उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यक्तिगत रुपमा आफैले ब्यहोर्ने भएका छन् । आइतबार सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको यातायात खर्च सरकारले त्यसबाहेक अरू होटल तथा उपचारको सम्पूर्ण खर्च आफैले ब्यहोर्ने जानकारी दिए । ‘प्रधानमन्त्रीको उपचार खर्च उहाँ आफैले ब्यवस्था गर्नु, कर्मचारीको टिएडीए सरकारले उपलब्ध गराउनेछ । भ्रमण दलका अन्य सदस्यहरुको प्लेन भाडामात्रै सरकारले ब्यहोर्ने छ । यसमा कुनै अलमल र भ्रम छैन्,’ उनले भने ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली सामान्य अवस्थाभन्दा स्वास्थ्य समस्या बढेपछि सिंगापुर गएका हुन् ।

शनिबार प्रधानमन्त्री ओली उपचारको फ्लोअपका लागि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश ब्रजाचार्य, निजी चिकित्सक दिब्या सिंह शाहसहित ९ जनाको टोलीसहित सिंगापुर पुगेका गएका हुन् । उनले त्यहाँ मिर्गौला र कलेजो प्रत्यारोपणका लागि विश्वप्रसिद्ध नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गर्नेछन् ।

स्वास्थ्य ऐन, २०७५ को दफा ३० मा कुनै पनि ब्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन् भनी उल्लेख छ ।

र, स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी गत २ असोज २०७५ पछि विदेशमा उपचार गर्ने नेपालीको औषधि उपचार खर्च नेपाल सरकार नब्यहोर्ने गरी सार्वजनिक सूचना पनि जारी भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ