२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक क्षमता सुवेदीले गरिन जनवादी विवाह

चिकित्सक क्षमता सुवेदीले गरिन जनवादी विवाह


काठमाडौं–मञ्चमा दुलाहा दुलहीले एकसाथ मैनबत्ती जलाए । लगतै एकापसमा फुलमाला साटासाट गरे । मुस्कुराउँदैं हात मिलाए । त्ससपछि बुके थमाउँदैं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा बादललगायतका अतिथीले बधाई दिए । दर्शकदीर्घाबाट परर ताली बज्यो । परिवार, आफन्त र अन्य उपस्थितले बधाई दिए । विवाहको औपचारिकता सकियो ।

डा. क्षमता सुवेदी र तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव नरेश रेग्मी शर्माको जनवादी विवाहको दृश्य हो यो । सोमबार विहान उनीहरुले पेरिसडाँडास्थित नेकपाको कार्यलयमा जनवादी विवाह गरेका हुन् ।

डा. सुवेदी झापाकी हुन् भने रेग्मी दाङका हुन् । डा. सुवेदीले बंगलादेशस्थित इब्राहिम मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गरेकी हुन् । उनले यसअघि मेडिकल अधिकृतका रुपमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा समेत काम गरेकी थिइन् ।

उक्त विवाहको आयोजना नेकपाको भातृ संगठन अनेरास्वियु गरेको थियो । विवाह समारोहलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष दाहालले प्रगतिशील विवाहले समाजमा सकारात्मक सन्देश प्रवाहित गर्ने बताए ।

विवाहमा खर्च हुने रकम परिवारका सदस्यहरुले सामाजिक कार्यका लागि हस्तान्तरण गरे । झापाको दमक बहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि ५० हजार, झापाकै अपाङ संघलाई ५० हजार, झापाको अध्ययन केन्द्र र लाइबेरीलाई १०–१० हजार बराबरका पुस्तक दिने घोषणा वैवाहिक जोडीको पारिवारिक सदस्यले गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ