२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २११ जना नेपाली सेना सहित पर्सामा ४३ जनामा कोरोना पुष्टि

११ जना नेपाली सेना सहित पर्सामा ४३ जनामा कोरोना पुष्टि


जनकपुर -पर्साको वीरगन्ज महानगरपालिकामा ११ जना नेपाली सेनाका जवान, बैंकर्स र चिकित्सक सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये बाराका तीन जना रहेका छन् ।

अन्य ४० जना भने पर्साकै हुन । ४३ जना संक्रमित मध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । संक्रमित मध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताए ।

संक्रमित मध्ये ७ जनाले आफैले पैसा तिरेर स्वाब दिएर परीक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका,संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।संक्रमित मध्ये नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारीमा समेत संक्रमण देखिएको छ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ