२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रादेशिक अस्पताल प्रशासन गैर जिम्मेवार रहेको भन्दै आइसियु प्रमुख डा. यादवले दिए राजीनामा

प्रादेशिक अस्पताल प्रशासन गैर जिम्मेवार रहेको भन्दै आइसियु प्रमुख डा. यादवले दिए राजीनामा


जनकपर – प्रदेश २ जनकपुर प्रादेशिक अस्पतालको आइसियु प्रमुख डा. संजय यादवले राजीनामा दिएका छन् । उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै आफूले राजीनामा दिएको बताएका हुन् ।

फेसबुकमार्फत अस्पतालको गैर जिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसियु प्रमुखको पदीय जिम्मेवारीबाट राजीनामा दिएको डा. यादवले बताए ।

त्यस्तै,  उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसियु खोल्न नसकेको र सिकिस्त कोरोना शंकास्पद बिरामीलाई पटक-पटकको आग्रहको बाबजुद पनि जनरल आइसियुमा अन्य विरामीसँग राख्ने गरेको र सुरक्षा बिना स्वास्थ्यकर्मीलाई दबाब सिर्जना गरी कामकाजमा खटाइने गरेको आरोप लगाएका छन् ।

सुरक्षा सामग्री बिना काम गराएकै कारण आइसियुमा मात्रै २ उपचारार्थ बिरामी, २ चिकित्सक, ८ स्टाफ नर्स र सरसफाई कर्मचारीसहित १३ जना कोरोना संक्रमित बनेको उनको भनाइ छ ।

यादवले लेखेका फेसबुकमा स्टाटस जस्ताको त्यस्तै;


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ