२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ८७ सहित ३ सय ६० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ८७ सहित ३ सय ६० जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा ८७ सहित ३ सय ६० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार थप ३ सय ६० संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या २ सय ३३ पुगेको छ । यससँगै हालसम्म उपचार पछि निको हुनेको संख्या १५ हजार ३ सय ८९ जना पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—सुनसरीका १५ जना,  झापाका ८ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—इलामका १५ जना र मोरङका १३ जना

प्रादेशिक प्रयोगशाला विराटनगर—मोरङ १० जना र सुनसरी ४ जना

प्रादेशिक प्रयोगशाला जनकपुर —धनुषा २३ जना, महोतरी १ जना र सर्लाही १ जना र सिराहा १ जना

नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला — महोतरीका १ जना, पर्साका ४१ जना, रौतहट १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बाजुराका ३ जना, काठमाडौँका २५ , कपिलबस्तुका २१ जना, गोरखाका ४ जना र सर्लाहीका ७ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल – भक्तपुरका १ जना, काठमाडौँका १५,  भोजपुरका २ जना, ललितपुरका २ जना र दोलखाका १ जना

भरतपुर् अस्पताल कोभिड प्रयोगशाला, चितवन – चितवन १ जना

कृषिजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला, हेटौंडा — बाराका १३ जना, मकवानपुरका ४ जना, रौतहटका १ जना

पाटन अस्पताल प्रयोगशाला — सर्लाहीका १ जना, रुपन्देहीका १ जना, काठमाडौँका १ जना

वीर अस्पताल प्रयोगशाला, काठमाडौँ — महोत्तरीका १ जना,  धनुषाका १ जना, काठमाडौँका ३ जना, रामेछापका १ जना, नुवाकोटका १ जना र सिराहाका १ जना

त्रिवि शिक्षण अस्पताल, प्रयोगशाला काठमाडौं —बाराका १ जना, बाँकेका १ जना, गुल्मीका १ जना र कन्चनपुरका १ जना, काठमाडौँका ५ जना, काभ्रेपलान्चोकका १ जना र उदयपुरका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— काठमाडौँका १३ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका ४ जना, ललितपुरका १ जना र पर्साका १ जना

बिआइडीएच ल्याब, काठमाडौँ— ललितपुरका ६ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका ९ जना र ललितपुरका १ जना

श्री विरेन्द्र अस्पताल — काभ्रेपलान्चोकका १ जना र काठमाडौँका १ जना

नेपाल कोरिया मैत्री अस्पताल, प्रयोगशाला — दाङका १ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — गोरखाका २ जना, कास्कीका १ जना र पर्वतका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — दाङका २ जना, कपिलबस्तुका १ जना र  प्युठानका ५ जना

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल — कपिलबस्तु १० जना र रुपन्देही ३ जना

सुर्खेत प्रादेशिक अस्पताल — सुर्खेतका १ जना र दैलेखका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला —जुम्लाका १ जना

डडेलधुरा अस्पताल प्रयोगशाला, डडेलधुरा — मुगुका १ जना, बैतेडीका १ जना र डोटीका २ जना

सेती प्रादेशिक अस्पताल, प्रयोगशाला — बझांग ३ जना, कैलालीका २१, अछाम ७ जना र कन्चनपुरका १ जना

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ