२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटीकापुर घटनाको सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना

टीकापुर घटनाको सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना


काठमाडौं—टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन्। मुटु र खुट्टामा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले चौधरीलाई अस्पताल भर्ना गरिएको हो ।

तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए ।

रेशममाथि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तको आरोप लागेको छ ।अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ