२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४८ लाख धरौटी बुझाएर छुटे विपी प्रतिष्ठान उपकुलपति रौनियार

४८ लाख धरौटी बुझाएर छुटे विपी प्रतिष्ठान उपकुलपति रौनियार


काठमाडौं–घुससहित पक्राउ परेका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन् । मंगलबार रौनियार विशेष अदालतमा झण्डै आधा करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका न्यायाधीस बाबुराम रेग्मी, प्रमोदकुमार वैद्य र द्धारिकामान जोशीको इजलासले उनीहरुलाई धरौटी माग गर्न आदेश गरेको थियो । अदालतले माग गरेको धरौटी नगदमै बुझाएपछि उनीहरु रिहा भएका हुन् ।

उनले विशेष अदालतमा ४८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनीसँगै घुससहित पक्राउ परेका उनका भतिजा डा. रामहरि रौनियार पनि धराैटीमा छुटेका छन् ।

अख्तियारले रौनियार विरुद्ध १ करोड २८ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्धा दायर गरेको थियो । यस्तै, डा. रामहरि विरुद्ध ८ लाख विगो दाबी गर्दै अख्तियारले मुद्धा दायर गरेको थियो ।

उनीहरु दुवैजना २६ असार साँझ धरानस्थित प्रतिष्ठानबाटै ८ लाख घुससहित अख्तियारको विशेष टोलीको फन्दामा परेका थिए ।

प्रा.डा. रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्का कमिसन वापत ठेकेदारहरुसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको काठमाडौंबाट गएको विशेष टोलीले अप्रेसन गरेको थियो । सोही क्रममा रौनियार पक्राउ परेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ