२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १ सय ६ जना सहित थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १ सय ६ जना सहित थप ४६४ जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा १ सय ६ जना सहित ४ सय ६४ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज मात्रै काठमाडौँमा ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, भक्तपुरमा ४ जना र ललितपुरमा १० जनामा कोरोना पुष्टि भएको छ । उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएको यो पहिलोपटक हो ।

शुक्रबार ४ सय ६४ संक्रमणको केस थपिएसँगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ४ सय २५ जना संक्रमित कोरोनामुक्त भएका छन् । भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ हजार ८ सय १४ पुगेको छ ।

त्यस्तै, हालसम्म नेपालमा ७० जना संक्रमितको ज्यान गएको छ ।

कहाँ कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— झापाका १ जना सुनसरीका १ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—मोरङका २९ जना,

प्रादेशिक प्रयोगशाला विराटनगर— मोरङका ३५ जना र झापाका १ जना

गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सप्तरीका १९ जना

प्रादेशिक जनस्वास्थ्य  प्रयोगशाला जनकपुर —धनुषाका १० जना र सर्लाहीका ३ जना

नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला —बाराका ४, पर्सा १ सय ३४ र रौतहटका ४ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—सिन्धुपाल्चोकका १ जना, ललितपुरका ३ जना, काठमाडौँका १४ जना, सर्लाहीका ६ जना र नुवाकोटका ८ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल – भक्तपुरका २ जना, काठमाडौँका ३९ जना, बाराका २ जना, कैलालीका २ जना, ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका १ जना र तनहुँका २ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला, हेटौंडा —बाराका २ जना

पाटन अस्पताल प्रयोगशाला —काठमाडौँका ५ जना, धनुषाका १ जना, भक्तपुरका १ जना, ललितपुरका २ जना र कास्कीका १ जना

वीर अस्पताल प्रयोगशाला, काठमाडौँ — बाँकेका १ जना, काठमाडौँका ४ जना, बाराका १ जना र बर्दियाका १ जना

त्रिवि शिक्षण अस्पताल, प्रयोगशाला काठमाडौं — काठमाडौँका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— काठमाडौँका ७ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका ११ जना, ललितपुरका १ जना, पर्साका १ जना र सर्लाहीका १ जना

बिध ल्याब, काठमाडौँ—ललितपुर २ जना र काठमाडौँका २ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका ४ जना

नेपाल कोरिया मैत्री अस्पताल, प्रयोगशाला —भक्तपुरका १ जना, काठमाडौँका १ जना, पर्साका १ जना र स्याङ्जाका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा — कास्कीका २ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — नवलपरासी पुर्वका १ जना र कास्कीका ८ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — गुल्मीका १ जना, नवलपरासीका २ जना

भेरी अस्पताल, नेपालगन्ज — बाँकेका २८ जना र वर्दियाका १४ जना

सुर्खेत प्रादेशिक अस्पताल —  कालिकोटका ४ जना र सुर्खेतका १ जना

सेरिया हेल्थ केयर —  काठमाडौँका ४ जना

सेती प्रादेशिक अस्पताल, प्रयोगशाला — अछामका १ जना, कैलालीका १७ जना र कन्चनपुरका १ जना

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ