२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा एकैदिन १०६ जनामा कोरोना पुष्टि, तीन जिल्लामा कहाँ कति संक्रमित ?

काठमाडौं उपत्यकामा एकैदिन १०६ जनामा कोरोना पुष्टि, तीन जिल्लामा कहाँ कति संक्रमित ?


काठमाडौं—काठमाडौंमा एकै दिन १०६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा तीन जिल्लामा १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयकाअनुसार उपत्यका तीन जिल्लामध्ये पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा ९२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै काठमाडौं जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ६८९ जना पुगेको छ ।

यस्तै, ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २० घण्टामा १० जना थपिएपछि ललितपुरमा कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको छ ।

भक्तपुरमा भने पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ