२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५ संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो

थप ५ संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो


काठमाडौँ – थप ५ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जना संक्रमितले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएका हुन् ।

प्रा. डा. गौतमका अनुसार  पर्सा जिल्ला विरगन्ज महानगरपालिका वडा नम्बर ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष संक्रमितको शुक्रबार पाटन अस्पतालमा निधन भएको छ। उनी मधुमेह र रक्तचापका बिरामी थिए।

त्यस्तै, विरगन्ज महानगरपालिका वडा नम्बर ११ सिरपुर् बस्ने ७९ वर्षीय वृद्धको घरमै निधन भएको छ। मृत्युपछि स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।
अर्का, सिरपुरकै ५७ वर्षीय पुरुष संक्रमितको गण्डक अस्थाई अस्पतालमा मृत्यु भएको छ। उनमा मुटुरोग र मधुमेह थियो।

यता, सिराहा जिल्ला गोलबजार बस्ने २५ वर्षीय युवकको बिहिबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा निधन भएको छ। उनी मिर्गैला पिडित रहेका थिए ।

त्यस्तै, सर्लाही जिल्ला बसन्तपुर घर भएका ४५ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा शुक्रबार विहान निधन भएको छ। उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो।

शुक्रबार ५ जना मृतकको संख्या थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ