२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो, ‘घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका रुपमा फैलिएको भन्दैं घरमा पाहुना नबोलाउन र पाहुना बन्न नजान आग्रह गरेको छ । बिहीबार कोरोना विरुद्धका तीन प्रभावकारी सुरक्षा उपायबारे जानकारी दिदैं मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पाहुना नजान र पाहुना नलाग्न पनि आग्रह गरेका हुन् ।

यस्तै, मन्त्रालयले अति आवश्यक काम नपरी घरबाट बाहिर नजान र एक ठाउँबाट अर्को ठाउँको यात्रा नगर्न समेत आग्रह गरेको छ । ‘अति आवश्यक काम नपरी घरबाट बाहिर नजाऔं वा एक ठाँउबाट अर्को ठाँउको यात्रा नगरौं,’ मन्त्रालयको प्रवक्ता डा. गौतमले भने ।

यस्तै, प्रवक्ता डा. गौतमले यदि कोरोना संक्रमित स्थानबाट आएको वा विदेशबाट आएको छ भने अवश्यक १४ दिन सरकारले बनाएको मापदण्ड प्रयोग गरी क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।

मन्त्रालयले वृद्धवृद्धा, सुगर, ब्लडप्रेसर, दम, क्यान्सर, मुटु रोग र क्षयरोगजस्ता समस्या भएकाले व्यक्तिहरुमा बढी जोखिममा रहने भन्दैं उनीहरुको सुरक्षाका लागि सजग रहन परिवारका सदस्यलाई समेत आग्रह गरेको छ ।

काठमाडौंलगायतका घना वस्ती भएका सहरमा संक्रमण बढ्दैं गएपनि पसल, कार्यलय, सार्वजनिक स्थान, सवारी साधन र लाइनमा बस्दा जस्वास्थ्य मापदण्ड नअपनाइएको भन्दैं मन्त्रालय चिन्ता व्यक्त गरेको छ । ‘विशेष गरी खाधान्न, तरकारी र फलफूल पसलमा हामी केही नभएको जस्तो गरी अर्को व्यक्तिसँग नजिकै गएर सामान किन्न हतार गरिररहेको भेटिन्छौं,’ प्रवक्ता गौतमले भने, ‘बिना सावधानी अपनाई हामी यातायातका साधनमा बसिरहेका छौं । पाहुना वा साथीभाईसँग हुलहाल गरी चाडपर्व मनाइरहेका छौ । कार्यालयहरूमा अझैपनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिईएको पाइन्छ । यस्तै यस्तै स–साना व्यवहारहरू र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ र संक्रमण बढीरहेको छ ।’

मन्त्रालयले घरबाट बाहिर निस्कदा अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउने, कार्यलय, पसल, यातायातका साधन जहाँपनि एकअर्कासँग कम्तिमा दुई मिटरको दूरी बनाएर बस्न, कुनै पनि वस्तु वा सत्तह छोएपछि वा कार्यलय वा घरभित्र छिर्दा साबुन पानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुन, स्यानिटाइज गर्न र जथाभावी नथुक्न समेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ