२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी चिकित्सक संघको निर्वाचनमा ३ बजेसम्म ९० प्रतिशत मतदान

सरकारी चिकित्सक संघको निर्वाचनमा ३ बजेसम्म ९० प्रतिशत मतदान


काठमाडौं-सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ । निर्वाचन समिति स्रोतकाअनुसार शनिबार दिउँसो ३ बजेसम्म ९० प्रतिशत मतदान भएको हो ।

कुल ७६८ मतदातामध्ये ३ बजेसम्म ६९६ जना मतदाताले मतदान गरिसकेका छन् । संघको नयाँ कार्यसमितिका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था छ ।

कोभिड १९ को त्रासका बीच गोदानले अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था गरेको छ । संघको अध्यक्षका लागि वर्तमान महासचिव डा. रबिन खड्का र डा. समाज गौतम चुनावी मैदानमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ