२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी चिकित्सक संघको अध्यक्षमा डा. रबिन, महासचिवमा डा. किर्तिपाल, अन्य पदमा को–को विजयी भए ?

सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रबिन, महासचिवमा डा. किर्तिपाल, अन्य पदमा को–को विजयी भए ?


काठमाडाैं– सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अध्यक्षमा डा. रबिन खड्का निर्वाचित भएका छन् । शनिबार भएको गोदानको निर्वाचनमा खड्का ४ सय ८० मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्धन्दी डा. समाज गौतमले २ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वरिष्ठमा उपाध्यक्षमा डा. विजय थापा ४ सय ३९ मतका विजयी भएका छन् । उनका प्रतिद्धन्दी डा. रामप्रसाद सापकोटाले २ सय ६८ मत प्राप्त गरे । उपाध्यक्षमा डा. सुशिलमोहन भट्टराई विजयी भएका छन् । उनले ४ सय ६६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी डा. विप्लब घिमिरेले २ सय ४६ मत प्राप्त गरेका छन् ।

अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवमा डा. किर्तिपाल सुवेदी विजयी भएका छन् । उनले ४ सय ९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी डा. विजयकुमार शाहले ३ सय ६ मत प्राप्त गरेका छन् ।

सचिवमा डा. रोशन भगत चौरासिया विजयी भएका छन् । उनले ४ सय २८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी डा. विश्वनाथ अधिकारीले २ सय ७३ मत ल्याएका छन् । कोषाध्यक्षमा डा. सुधा शाही भारी मतले विजयी भएकी छिन् । उनले ५ सय ३ मत प्राप्त गरिन् भने उनको प्रतिस्पर्धी डा. झुमा सिलवाल २ सय ५ मत ल्याएर पराजित भइन् ।

सदस्यहरूमा डा. अर्चना केसी ४ सय ९५, डा. प्रकाश भट्टराई ४ सय ७१, डा. डा. कपिल गौतम ४ सय ४९, डा. गौरव साह ४ सय ३९, डा.विजय गुरुङ ४ सय ३२, डा. विजयकुमार मेहता ३ सय ९५, डा. हेमा जोशी ३ सय ८८, डा. सुसन भट्टाराई ३ सय ३६, डा. कुशल खनाल ३ सय ३३ मतले विजयी भए ।

शनिवार भएको गोदानको निर्वाचनमा ७ सय ६८ मतदाता मध्ये ७ सय २३ जनाले मतदान गरेका थिए । जुन कुल मतदाताको ९४ प्रतिशत हो । गोदानको निर्वाचन अनलाईन प्रणालीमा भएको थियो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ