२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी ७ जिल्ला जहाँ छन् २ सय बढी सक्रिय कोरोना संक्रमित

यी ७ जिल्ला जहाँ छन् २ सय बढी सक्रिय कोरोना संक्रमित


काठमाडौंं– नेपालका ७ जिल्लामा २ सयभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)का सक्रिय केसहरु रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ जिल्लामा सक्रिय केस २ सय बढी रहेको पाइएको छ ।

मन्त्रालयले २ सय बढी सक्रिय केस रहेका जिल्लालाई रेड जोनमा राखेको छ । २ सय बढी सक्रिय केस रहेका जिल्लामा प्रदेश १ मा मोरङ रहेको छ ।

यस्तै, प्रदेश दुईका ४ जिल्लामा २३ सय बढी सक्रिय केस छन् । जसमा पर्सा, महोत्तरी, रौतहट र सप्तरी रहेका छन् । यस्तै, बागमती प्रदेशको संघीय राजधानी रहेको काठमाडौंमा २ सय बढी सक्रिय कोरोना केसहरु छन् । यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि कोरोना सक्रिय केस २ सय बढी रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यसअघि मन्त्रालयले २ सय बढी कोरोनाका सक्रिय केसहरु रहेको जिल्लालाई रेड जोनमा राखेर लकडाउन गर्ने जनाएको थियो । तर, अहिले यी ७ जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेपनि लकडाउन भने गरिएको छैन ।

सबैभन्दा बढी रौतहटमा ७ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । जहाँ १ हजार ५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ७ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भैसकेको छ । त्यस्तै, पर्सामा ७ सय ७७ सक्रिय कोरोनाका केसहरु छन् । पर्सामा सक्रिय संक्रमितको संख्या ९ सय ९५ पुगेको छ । १६ जना संक्रमितको मृत्यु भैसकेको छ । महोत्तरीमा ५ सय ४७ जना सक्रिय कोरोना संक्रमित छन् भने सप्तरीमा २ सय कोरोनाका एक्टीभ केसहरु रहेका छन् । सप्तरीमा हालसम्म ५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, काठमाडौंमा ६ सय ४७ सक्रिय कोरोनाका केसहरु छन् । यहाँ ७ सय ६५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । कैलालीमा यतिबेला ३ सय ८६ कोरोनाका एक्टीभ केसहरु रहेका छन् । कैलालीमा हालसम्म १ हजार २ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जनाको मृत्यु भैसकेको छ ।

यस्तै, मोरङमा सक्रिय कोरोना केस २ सय ४७ रहेको छ । मोरङमा ५ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जनाको निधन भैसकेको छ ।

नेपालमा हालसम्म २२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३ संक्रमितले ज्यान गुमाइसकेका छन् । ७७ वटै जिल्लामा फैलिएको कोरोना संक्रमणका कारण यतिबेला देशभर ६ हजारभन्दा बढी सक्रिय कोरोना केसहरु रहेका छन् । १६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ