२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा ९२ सहित थप थप ३८० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार काठमाडौँमा मात्रै ९० जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा २ जनामा कोरोना पुष्टि भएको छ । हाल ६ हजार ५ सय ४६केस सक्रिय छन्। पछिल्लो २४ घण्टामा ४० संक्रमित कोरोना मुक्त भएका छन् । भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३ सय १५ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— सुनसरीका ३ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—सिराहाका ४ जना र मोरङका २८ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर — झापाका ४ जना र सुनसरीका ३ जना

गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सप्तरीका १५ जना

प्रादेशिक जनस्वास्थ्य  प्रयोगशाला जनकपुर —धनुषाका ३५ जना, महोत्तरीका १५ जना, रौतहटका १ जना, सिन्धुलीका १ जना र सर्लाहीका २ जना

नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला —बाराका ३ जना, सर्लाहीका १ जना र पर्साका ७१ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौँका ४४ जना,  ललितपुरका १ जना,र नुवाकोटका ३ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल — धनुषाका १ जना, काठमाडौँका १८ जना

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला —चितवनका ७ जना, र नवलपरासीपुर्वका १ जना

पाटन अस्पताल प्रयोगशाला —काठमाडौँका ५ जना, धनुषाका १२ जना

वीर अस्पताल प्रयोगशाला, काठमाडौँ —  बाराका १ जना, रामेछापका १ जना, र सिन्धुपाल्चोकका १ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका १३ जना, ललितपुरका १ जना र सर्लाहीका १ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका ८ जना

नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर —  काठमाडौँका १ जना, धादिङका १ जना, नवलपरासीपूर्वका १ जना र पर्साका १ जना

श्री बिरेन्द्र अस्पताल — काठमाडौँका १ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — पर्बतका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — पाल्पाका १ जना, नवलपरासीपूर्वका १ जना, कपिलबस्तुका ६ जना र रुपन्देहीका ५ जना

भेरी अस्पताल, नेपालगन्ज — बाँकेका २१ जना र वर्दियाका २ जना

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल — कपिलबस्तुका ११ जना, नवलपरासी (ब.स.पु.)का १ जना र रुपन्देहीका ५ जना

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ — दाङका ४ जना

सुर्खेत प्रादेशिक अस्पताल —  दैलेखका १ जना र सुर्खेतका २ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला —  जुम्लाका ४ जना र कालिकोटका २ जना

डढेलधुरा अस्पताल प्रयोगशाला — बैतेडीका २ जना, डढेलधुराका ३ जना र डोटीका ८ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ