२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर २६०० आईसीयु र ९०० भेन्टिलेटर

देशभर २६०० आईसीयु र ९०० भेन्टिलेटर


काठमाडौं—कोरोना अवधिमा देशभर २५० आईसीयु र भेन्टिलेटर थप भएसँगै कोरोना उपचारका लागि २६ सय आईसीयू र ९ सय भेन्टिलेटर तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अन्य २४० आईसीयु वेड थप गर्नका लागि प्रक्रियाका अघि बढाइएको छ ।

कोभिड—१९ का लागि अस्पतालहरूलाई तयारी अवस्थामा राख्न आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संक्रमितहरूसँग सम्पर्कमा रहेका व्यक्तिहरूको खोज पड्ताल गरी प्रयोगशाला परीक्षणमा ल्याउने कार्यका लागि हरेक गाउँपालिकामा १, नगरपालिकामा २, उप—महानगरपालिकामा ३ र महानगरपालिकामा ५ गरी हरेक टिममा ३ जना स्वास्थ्यकर्मी रहने गरी देश भरी १ हजार ७५ टिम गठन गरी परिचालन गरेर कामलाई तीब्रता दिएको छ ।

अस्पतालबाहेक आइसोलेसन केन्द्रहरूमा थप ७ हजार बेडहरूको व्यवस्था गर्न सातै प्रदेशलाई २ महिना अगाडि नै ३८ करोड रुपैयाँ रकम निकासा गरिएको छ । प्रदेश नं. २ र प्रदेश नं. ५ लाई ७ करोड, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई ६—६ करोड, बागमती, गण्डकी र प्रदेश नं. १ लाई ४-४ करोड प्रदेशगत वितरण गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ