२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४४ सहित थप ३३८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४४ सहित थप ३३८ जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा ४४ सहित थप ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय ३८ कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार मात्रै काठमाडौँमा ३६ जनामा संक्रमण देखिएको छ । त्यस्तै, भक्तपुरमा र ललितपुरमा ४ -४ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ४० जना संक्रमित निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

प्रादेशिक जनस्वास्थ्य  प्रयोगशाला जनकपुर —धनुषाका १३ जना र महोत्तरीका ३ जना

नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला —बाराका १, पर्सा २१ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौँका १२ जना, ललितपुरका १ जना, नुवाकोटका ३  जना, रौतहटका १९ जना, सर्लाहीका २१ जना र सिन्धुपाल्चोकका १ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल – मोरङका १ जना,  र  काठमाडौँका ६ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला, हेटौंडा —बाराका २ जना, मकवानपुरका २३, नुवाकोटका १ जना, रौतहटका १२ जना र सिन्धुलीका ६ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— अछामका १ जना, अर्घाखाँचीका १ जना, बाग्लुङ्गका १ जना, बाँकेका १ जना, बर्दियाका १ जना, भक्तपुर, चितवन र दाङका १-१ जना, गोरखाका ३ जना, कपिलवस्तुका १ जना, काठमाडौँका ८ जना, ललितपुर, पाल्पा र रामेछापका १-१ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका ८ जना, ललितपुर २ जना , भक्तपुरका ३ जना, पर्साका १ जना

बिध ल्याब, काठमाडौँ—काठमाडौँका १ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका १ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — स्याङ्जाका १ जना, तनहुका २ जना र नवलपरासी पूर्वका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — प्युठानका १५ जना, रुपन्देहीका १ जना र कपिलबस्तुका १०  जना

भेरी अस्पताल, नेपालगन्ज — बाँकेका ६२ जना र वर्दियाका १ जना, दाङका ४ जना, सल्यानका १ जना र  कैलालीका २

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ — रोल्पाका १ जना

सुर्खेत प्रादेशिक अस्पताल —  सल्रयानका ६ जना र सुर्खेतका १ जना

आरटीपिसिआर दैलेख — दैलेखमा १७ जना

डडेल्धुरा अस्ताल प्रयोगशाला —  बैतेडीका १ जना

सेती प्रादेशिक अस्पताल, प्रयोगशाला — बझाङका १ जना र कैलालीका ५ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ