२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसार्वजनिक यातायात १५ भदौसम्म बन्द गर्ने प्रस्ताव

सार्वजनिक यातायात १५ भदौसम्म बन्द गर्ने प्रस्ताव


काठमाडौं—काठमाडौं उपत्यकामा कोरोनाको जोखिम उच्च बनेसँगै १५ भदौसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउनुपर्ने प्रस्ताव सरकार समक्ष गरिने भएको छ ।

सोमबार उपत्यका नगरपालिका फोरम, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिसस प्रमुख, सीसीएमसी संयोजक र प्रधानमन्त्री कार्यलयका सचिव सम्मिलित बैठकले उक्त प्रस्ताव सरकार समक्ष राख्ने निर्णय गरेको हो । यस्तै, उक्त बैठकले अन्य सवारीमा  पनि जोर विजोर लागु गर्नुपर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं प्रवेश गर्ने प्रस्थान विन्दूहरुमा अत्यन्त कडाइ गर्ने, प्रस्थान विन्दूबाट अवैध÷अनाधिकृत रुपमा समेत मानिसहरु प्रवेश गर्नेलाई पूर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, उपत्यकाभित्र समुदायस्तरमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहबाट अत्यावश्यक सेवाबाहेकका अन्य सेवा तीन हप्तालाई बन्द गर्ने, सामाजिक सुरक्षा भत्ता नवीकरण असोज मसान्तसम्मलाई थप गर्न सरकारलाई अनुरोध गर्नेलगायतका ११ वटा प्रस्ताव सरकारसमक्ष राख्ने निर्णय उक्त बैठकले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ