२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँमा २ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

काठमाडौँमा २ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ पुग्यो


काठमाडौँ –  थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घण्टामा थप ४ जनाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन्।

प्रवक्ता डा. गौतमका अनुसार बाँके जिल्ला कोहलपुर ९ बस्ने ७० वर्षीया संक्रमित वृद्धाको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा गएको आइतबार दिउँसो साढे ३ बजे र १० मिनेटमा मृत्यु भएको छ। उच्च रक्तचापको विरामी रहेकी उनी श्रावन २३ गते अस्पताल भर्ना भएकी थिइन।

त्यस्तै, पर्सा जिल्ला घर भएकी ४५ वर्षीय महिलाको पनि आइतबार बिहान नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो।

त्यस्तैगरी, सोमबार काठमाडौँमा दुई संक्रमितको निधन भएको छ। निधन हुनेमा एक जना मध्य बानेश्वर वडा नम्बर १० बस्ने ७६ वर्षीय वृद्ध रहेका छन्। उक्त संक्रमित वृद्धको सोमबार बिहान मेडीकेयर अस्पतालमा उपचारको क्रममा मृत्य भएको छ। त्यस्तै, काठमाडौँको कृतिपुर बस्ने ६४ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएको हो।

आज थप ४ जना थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ