२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘हिजो पिपीई र पिसिआर भनेर गीत गाइयो, भोलि औषधि र भेन्टिलेटर खोइ भनेर घन्काइन्छ’

‘हिजो पिपीई र पिसिआर भनेर गीत गाइयो, भोलि औषधि र भेन्टिलेटर खोइ भनेर घन्काइन्छ’

कोरोना ख्यालख्याल नठानौं, विदेशमा ठूला—ठूला नेताको पनि मृत्यु भएको छ ।


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकार विरुद्ध खनिने बताएका छन् । मंगलबार परोपकार प्रसुती गृह थापाथलीको ६१ औं वार्षिकोत्सवको अवसरमा बोल्दैं मन्त्री ढकालले सरकारले कोभिड—१९ विरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए ।

‘हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पिसिआर भएन भनेर अर्को गीत बनाइयो,’ उनले भने ‘मलाई थाहा छ । अब औषधि खोइ भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ ।’ विरोधीहरुले विरोध गरेतापनि जनताको स्वास्थ्यको लागि सरकार कटिवद्ध भएको बताउँदै मन्त्री ढकालले सरकार स्वास्थ्यकर्मीले गरेको प्रयास सह्रानीय भएको बताए ।

उनले कोभिड—१९ लाई राजनिितक प्रतिशोधको विषयबस्तु बनाएको भन्दै आफ्नै पार्टीका नेताहरुप्रति अप्रत्यक्ष रुपमा असन्तुष्टी प्रकट गरेका थिए । ‘सरकारको विरोध गर्नेहरुले यो कुरा बुझौ, कोरोनालाई ख्यालख्याल नठानौं । राजनीति जहिले गरे पनि हुन्छ,’ उनले भने, ‘विदेशमा ठूला—ठूला नेताको पनि मृत्यु भएको छ, हाम्रोमा पनि मन्त्रीदेखि मेयरसम्मलाई छोडेको छैन ।’

मन्त्री ढकालले सरकार सकारात्मक आलोचन ग्रहण गर्न तयार रहेको भन्दै विरोध गर्नेहरुको घुमाउरो पारामा आलोचना गरे । ‘स्वास्थ्यकर्मीहरु पवित्र काममा लाग्नुभएको छ । यो क्रम निरन्तर रहोस्,’ उनले भने, ‘सबैलाई तपाईंहरुबाट सदवुद्धी मिलोस् ।’

मन्त्री ढकालले आफू निष्ठाको राजनीति गर्ने भएको हुँदा भ्रष्टाचारबारे कल्पना पनि नगर्ने दावी गरे । ‘जुन दिनसम्म राजनीति गर्छु । त्यो दिनसम्म म कमाउन लाग्दिन्,’ उनले भने ‘यदि कमाउन लागेको दिन अब मैले राजनीति छोडे, कमाउन लागे भनेर सन्यास लिन्छु ।’

आफूले छोटो समयमा नै स्वास्थ्य मन्त्रालय चिनेको बताउँदै मन्त्री ढकालले कसैको केही नखाइदिएको भएर आफूविरुद्ध नियोजित षड्यन्त्र गरिएको बताए । ‘मैले कसैको केही खाइदिन । त्यो बापत उनीहरुको व्यापार चौपट्ट भएपछि कू प्रचारमा लागे,’ उनले भने, ‘म जहाँ गएर पनि यो भन्न सक्छु । सत्य तितो हुन्छ तर एक दिन सत्य ठहरिन्छ ।’

मन्त्रालयमा रहेको वेथिती सुधारमा लाग्न खोज्दै गर्दा कोरोनाले छेकेको उनले बताए । मन्त्री ढकालले उठेदेखि रातिसम्म कोरोनाले नै खेद्ने गरेको अनुभव सुनाए ।
मन्त्री ढकालले कोभिडको पहिलो केस हङकङमा पठाएको स्मरण गर्दै अहिले ३२ वटा सरकारी ल्याव बनाएर १८ हजार ५ सय स्वाव परीक्षण गर्न सक्ने क्षमता विकास गरेको बताए । त्यसका साथै ८ बटा ए लेभलका निजी ल्याबलाई पनि परीक्षण अनुमति दिइएको र ती ल्यावमा दैनिक ३ हजार स्वाव परीक्षण गर्न सकिने क्षमता रहेको बताए ।

उनले आवश्यक परे दैनिक २२ हजार पिसिआर परीक्षण गर्न सकिने क्षमता देशभर रहेको दावी गरे ।

भिडियो सुन्नुहोस




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ