२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा थपिए ६३८ संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै १३६ जनामा कोरोना संक्रमण

एकैदिनमा थपिए ६३८ संक्रमित, काठमाडौँ उपत्यकामा मात्रै १३६ जनामा कोरोना संक्रमण


काठमाडौं— काठमाडौं उपत्यकामा १ सय ३६ सहित थप ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा  थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थप ६ सय ३८ केस थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । जसमध्ये  संक्रमितको संख्या ७ हजार २ सय १ रहेको छ । 

काठमाडौँमा मात्र १ सय १० केस देखिएको छ । त्यस्तै, भक्तपुरमा १० जना र ललितपुरमा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,  पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ जना रहेका छन् ।

कहाँ कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— धनकुटाका १ जना, झापाका ८ जना, मोरङका ४ जना, सिराहाका ३ जना, उदयपुरका ७ जना र सुनसरीका ३२ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—झापाका २ जना, उदयपुरका ८ जना र मोरङका ३८ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर — धनुषाका १८ जना, महोत्तरीका १० जना र सिराहाका १ जना

गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सिराहाका ८ जना, सप्तरीका ११ जना

नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला —बाराका ४ जना र पर्साका ६६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौँका २८ जना,  ललितपुरका १ जना, भक्तपुरका ४ जना, धादिङका ५ जना, गोरखाका १ जना, नुवाकोटका २ जना र सर्लाहीका ३४ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकु — बाराका ४ जना, भक्तपुरका २ जना, दाङका १ जना, काठमाडौँका २० जना, पर्साका १ जना, रौतहटका २ जना र सर्लाहीका २ जना

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला —चितवनका ३ जना, कपिलवस्तुका १ जना र रुपन्देहीका ९ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा — बाराका २० जना र  रौतहटका १५ जना

धुलिखेल अस्पताल, धुलिखेल — काभ्रेपलान्चोकका ४ जना

पाटन अस्पताल प्रयोगशाला —धादिङका १ जना, काठमाडौँका ८ जना, ललितपुरका ८ जना, महोत्तरीका १ जना, मकवानपुरका १ जना  र सर्लाहीका जना

वीर अस्पताल प्रयोगशाला, काठमाडौँ — बर्दियाका १ जना, धादिङ्गका १ जना, काठमाडौँका ३ जना, महोत्तरीका १ जना, रुपन्देहीका १ जना र सर्लाहीका १ जना

त्रिवि. शिक्षण अस्पताल, काठमाडौँ — बाँकेका १ जना, भक्तपुरका १ जना, दार्चुलाका १ जना, धादिङ्गका ३ जना, धनुषाका ४ जना, कास्कीका १ जना, काठमाडौँका १३ जना, खोटाङका १ जना, ललितपुरका १ जना, नुवाकोटका १ जना, सर्लाहीका १ जना, सिराहाका १ जना, स्याङ्जाका १ जना र पर्साका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला   — काठमाडौँका ५ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका १४ जना, ललितपुरका १ जना र रौतहटका १ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका ८ जना, कपिलबस्तुका १ जना, ललितपुरका १ जना, पर्साका १ जना, सर्लाहीका १ जना

नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर —  बाँकेका १ जना, भक्तपुरका १ जना, काठमाडौँका ४ जना, रोल्पाका १ जना र धनुषाका १ जना

श्री बिरेन्द्र अस्पताल — काठमाडौँका ३ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा —कास्कीका ४ जना, बाग्लुङ्गका २ जना

नेशनल प्याथ ल्याब —तनहुँका २ जना, नवलपरासीका १ जना, रुपन्देहीका १५ जना, कपिलबस्तुका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — रुपन्देहीका ६ जना, कपिलबस्तुका २ जना र प्यूठानका १० जना

भेरी अस्पताल, नेपालगन्ज — अछामका १ जना, अर्घाखाँचीका १ जना, बाँकेका २७ जना, दाङका ७ जना, धादिङ्गका १ जना, दोलखाका १ जना, इलामका १ जना, जाजरकोटका १ जना, कालिकोटका १ जना, ललितपुरका २ जना, ओखलढुंगाका २ जना, पाँचथरका १ जना, पर्वतका २ जना, रामेछापका १ जना, रौतहटका १ जना, रुकुमपश्चिमका १ जना, सप्तरीका २ जना, सिन्धुपाल्चोकका १ जना, सिरहाका १ जना, सुनसरीका १ जना, सुर्खेतका २ जना र उदयपुरका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल —  रुपन्देहीका २ जना, कपिलबस्तुका १३ जना, नवलपरासीका १ जना र प्यूठानका ७ जना,

सुर्खेत प्रादेशिक अस्पताल —  दैलेखका २ जना, धनुषाका १ जना, सल्यानका २ जना र सर्लाहीका १ जना र सुर्खेतका ३ जना

दैलेख आरटी-पिसिआर प्रयोगशाला — दैलेखका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ