२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु


काठमाडौँ – थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार आयोजित पत्रकार सम्मेलनमा थप ४ संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना र काभ्रेपलान्चोकका १ जना र सिन्धुपाल्चोकका १ जना रहेका छन् । धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नम्बर ५ निवासी विनयतारा फाउन्डेसन जनकपुरमा कार्यरत ५० वर्षीय पुरुषको गएको आइतबार राति निधन भएको थियो । उनको मृत्यु पछि गरिएको स्वाब संकलनको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको थियो ।

त्यस्तै, धनुषाकै विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय वृद्धको सोमबार राति प्रादेशिक अस्पताल जनकपुरमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । क्षयरोगका बिरामी मृतकमा निमोनिया समेत देखिएको थियो।

यता, काभे जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीया एक महिलाको मंगलबार किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा निधन भएको छ ।  मृतकमा निमोनियाको लक्षण देखिएको र साउन २५ गतेका दिन अस्पतालमा भर्ना गरिएको थियो । भने उनी पित्तथैली र फोक्सो रोगको पिडित थिइन ।

त्यस्तै, सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय वृद्धको साउन २२ गते कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको थियो ।  मुटु तथा मिर्गौला रोगी उनी २१ गते अस्पतालमा भर्ना भएका थिए भने २७ गते आएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पुष्टि भएको हो।

मंगलबार ४ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ