२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा तीन जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी, अन्य दुईमा गर्ने तयारी

नेपालमा तीन जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी, अन्य दुईमा गर्ने तयारी


काठमाडौं– नेपालमा कन्भालेसेन्ट प्लाज्मा थेरापी तीनजना कोरोना संक्रमितमा परीक्षण गरिएको छ । अन्य २ जनामा गर्ने तयारी छ ।

प्लाज्मा थेरापी गरिएका तीनजनामध्ये एक जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् भने एकजनाको उपचारकै क्रममा रहेका छन् । प्लाज्मा थेरापी गरिएकामध्ये अर्का एकजनाको भने मृत्यु भएको स्रोतले जनाएको छ । मेडिसिटी अस्पतालमा पाँच दिनअघि प्लाज्मा थेरापी गरिएका कीर्तिपुरका ६३ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

हेल्थ आवाजलाई प्राप्त सूचनाअनुसार अन्य २ व्यक्तिहरुमा पनि प्लाज्मा थेरापी गर्ने तयारी भैरहेको छ ।

नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार गरी निको हुने संक्रमित विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की हुन् । उनको १५ साउनमा त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएको थियो ।

कोभिड–१९ को हालसम्म कुनैपनि औषधि पत्ता लागेको छैन । जसका कारण विश्वका केही ठाउँमा कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीहरुलाई यो विधिबाट उपचार गर्ने गरिएको छ । यो उपचार पद्धतीमा निको भैसकेका कोरोना संक्रमितको प्लाज्मा गम्भीर कोरोना संक्रमित बिरामीलाई दिइन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ