२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमण पुष्टि भएका तीन जनाको मृत्यु, मृतक एक जनाको कोरोना रिपोर्ट आउन बाँकी

कोरोना संक्रमण पुष्टि भएका तीन जनाको मृत्यु, मृतक एक जनाको कोरोना रिपोर्ट आउन बाँकी


बुटवल—लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भेन्टिलेटरको सहयोगमा उपचार गरिरहेका २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय दुई पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए ।

कोभिड—१९ को लक्षणसहित आएका कपिलवस्तुका ४२ वर्षीय पुरुष साउन २५ गते भर्ना भएका थिए । उनको सोही दिन नैै पिसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

त्यस्तै, कपिलवस्तुकै २५ वर्षीय अर्का युवाको पनि गए राति नै मृत्यु भएको छ । मंगलबार अस्पतालमा उपचारका लागि आएका उनीमा कोभिडको लक्षण देखिएको थियो । कोरोनाको लक्षण देखिना साथ कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सपोर्टमा राखिएको डा. खनालले बताए ।

हिजो स्वाब संकलन गरी कोभिड–१९ परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा रिपोर्ट आएको छैन । उनीहरुमध्ये एकजना तौलिहवाका हुन् भने अर्का कृष्णनगरका हुन् ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङ बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।

एक साताअघि प्रतिष्ठानमा भर्ना भएका संक्रमितको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । आइसोलेसनमा उपचाररत रहेका संक्रमितको मृत्यु भएको उनले बताए । मृतकको शव अहिले आइसोलेसनमै रहेको छ । शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै बुधबार पाटन अस्पतालमा एक २८ वर्षीय कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । जनकपुरकी ती महिला १८ साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले आईसीयुमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ