२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना विरुद्ध प्लाज्मा थेरापी गरिएका जनकपुरका पूर्वमेयर गिरीको निधन

कोरोना विरुद्ध प्लाज्मा थेरापी गरिएका जनकपुरका पूर्वमेयर गिरीको निधन


काठमाडौं—कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर तथा उद्यमी कृष्ण गिरीको निधन भएको छ । भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा मंगलबार राति उनको निधन भएको अस्पतालका निर्देशक डा. सुनिलकुमार शर्माले बताए ।

‘उहाँको हिजो राति निधन भएको हो,’ उनले भने, ‘भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।’ ७२ वर्षीय गिरीको ६/७ दिनअघि कन्भालेसेन्ट प्लाज्मा थेरापी पनि गरिएको थियो ।

जनकपुरमा कोरोना पुष्टि भएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि तीन साताअघि हेलिकप्टर चार्टर गरेर उनलाई काठमाडौं ल्याइएको थियो ।

काठमाडौं ल्याइएपछि उनको मेडिसिटी अस्पतालमा उपचार सुरु गरिएको थियो । यो बीचमा स्वास्थ्य सुधार नभएपछि उनलाई रेमडिसिभिर पनि दिइएको थियो ।

गिरी जनकपुरको पुरानो र ठूलो होटल रामाका सञ्चालक समेत हुन् । उनी नेपाल रेडक्रस जनकपुरका पूर्व अध्यक्ष समेत हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ