२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घन्टामा मृत्यु भएका कोरोना संक्रमितलाई अन्य के रोग थियो ?

पछिल्लो २४ घन्टामा मृत्यु भएका कोरोना संक्रमितलाई अन्य के रोग थियो ?


काठमाडौँ – साउन २८ गते बिहान किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा निधन भएकी टेकुकी ७८ वर्षीया महिला झाडापखाला तथा ज्वरोका कारण साउन २६ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । उनलाई झाडापखाला र ज्वरोका साथै उच्च रक्तचाप, मधुमेह, हाइपोथोराटिजम, सेप्टीक सक तथा मृगौला सम्बन्धी रोगबाट ग्रसित थिइन् ।

यस्तै, साउन २७ गते धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएका धादिङका ३२ वर्षीय पुरुष क्षयरोगका बिरामी थिए । उनलाई २७ गते बिहान नै निमोनिया, खोकी तथा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको आइसियुमा भेन्टिलेटरमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी, मेडिसिटी अस्पतालमा निधन भएका धनुषाका ७१ वर्षीय पुरुषमा निमोनिया र श्वासप्रश्वासमा समस्या थियो । उनको साउन ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता, साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएकी धनुषाकी ३८ वर्षीया महिला इन्सेफ्लाइटिस भई साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको १८ साउनमा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी, सप्तरीका ७२ वर्षीय पुरुष थाइराइड, मधुमेह, उच्चरक्तचाप र मुटु सम्बन्धि रोगबाट पिडित थिए । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका ५५ वर्षीय पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

यस्तै, बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा निधन भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषमा ज्वरो र निमोनियाको समस्या थियो । साउन २५ गते अस्पताल भर्ना भएका उनको २७ गते कोरोना पुष्टि भएको थियो । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा निधन भएका बाराका ७५ वर्षीय पुरुषमा रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टिक सक तथा मृर्गाैला सम्बन्धि रोगबा पीडित थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ