२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलका कोरोना संक्रमित एक चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

नोबेलका कोरोना संक्रमित एक चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी


विराटनगर—कोरोना संक्रमण देखिएर काठमाडौको त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उपचाररत विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयुमा उपचारत चिकित्सकलाई हस्पिटलले प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरेको हो ।

कोभिड निमोनिया भएर स्वास्थ्यमा थप समस्या आएपछि गत सोमबार राति शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा संक्रमित दुई जना चिकित्सक भर्ना भएका थिए । कोभिड—१९ अस्पतालमा भर्ना भएकामध्ये एक जना चिकिसत्कलाई निमोनिया देखिएपछि आईसीयु र अर्का एक जनालाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको

अस्पतालको कोभिड १९ नियन्त्रण समन्वय समितिका सयोजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिए । ‘आईसीयुमा भर्ना भएका चिकित्सकमा अक्सिजनको आवश्यकता बढेको छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या हुन आएको छ,’ उनले भने, ‘प्लाज्मा थेरापीबाट उपचार गर्न हामीले तयारी गरेका छौं । भारतबाट पनि औषधि मगाएका छौं । आज बिहीबार प्लाज्मा थेरापीबाट उपचार हुनसक्छ ।’

गत शनिबार नोबेल अस्पतलाका दुई जना चिकित्सकमा प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षण रिपोर्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै नोबेलका रेजिडेन्ट चिकित्सक हुन् ।

नोबेलमा कन्ट्रयाट ट्रेसिङ गरेर संक्रमितको सम्पर्कमा आएकाहरूका तीन चरणमा २ सय २४ जनाको स्वाब संकलन गरिएको छ । यो समाचार तयार पार्दासम्म उनीहरू कसैको रिपोर्ट आएको छैन ।

यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिह कार्कीको पहिलो पटक प्लाज्मा थेरापीबाट सफल उपचार भएको छ । नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित कार्की संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ