२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १२७ सहित थप ५ सय २५ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १२७ सहित थप ५ सय २५ जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा १ सय २७ सहित थप ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार काठमाडौँमा मात्रै थप १ सय ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा ११ जनामा र भक्तपुरमा ५  जनामा कोरोना पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म १६ हजार ८ सय ३७  जना संक्रमित उपचार पछि निको भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

y

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ