२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४ कोरोना संक्रमितको निधन, मृतकको संख्या ९५ पुग्यो

थप ४ कोरोना संक्रमितको निधन, मृतकको संख्या ९५ पुग्यो


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा संक्रमित मृतकको संख्या ९५ पुगेको जानकारी दिएका हुन्।

उनका अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय पुरुषको कोभिड संक्रमणका कारण रामजानकी अस्पतालमा साउन २५ गते निधन भएको थियो। उनी मधुमेहका बिरामी थिए। त्यस्तै, धनुषा जिल्ला मिथिला नगरपालिका वडा नम्बर ७ बस्ने ८५ वर्षीया वृद्धाको बुधबार विपी कोइराला स्वास्थ्य विज्ञान अस्पताल धरानमा संक्रमणका कारण निधन भएको थियो।

त्यस्तै, अछाम जिल्लाका रामारोशन वडा नम्बर ५ निवासी १८ वर्षीय युवकको संक्रमणका कारण पाटन अस्पतालमा बुधबार निधन भएको छ। उनी मुटु रोगका बिरामी थिए।

त्यसैगरी, मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ३ निवासी ५७ वर्षीय पुरुषको कोभिडका कारणले कोशी अस्पताल विराटनगरमा बुधबार मृत्यु भयको थियो। उनी मधुमेहका बिरामी थिए। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ