२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ११९ सहित थप ५९४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ११९ सहित थप ५९४ जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा थप १ सय १९ सहित थप ५९४ जनामा  कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५९४ जनामाकोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार  काठमाडौँमा मात्रै ८३ जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा ३० जना र  भक्तपुरमा ६ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हाल सक्रिय छन्। पछिल्लो २४ घण्टामा  २ सय ४० संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म १७ हजार ७७ जना उपचार पछि निको भएका छन् ।

त्यस्तै, आज थप ४ जनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—धनुषाका १ जना, सुनसरीका २२ जना र मोरङका ४ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—मोरङका २५ जना र सप्तरीका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर — झापाका ९ जना, मोरङका ३३ जना र सिराहाका १ जना

प्रादेशिक जनस्वास्थ्य  प्रयोगशाला जनकपुर —धनुषाका ४९ जना, महोत्तरीका १८, सप्तरीका १ जना. सिन्धुलीका १ जना, उदयपुरका १ जना र सर्लाहीका १ जना,

गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सप्तरीका ११ जना र सिराहाका २ जना

नारायणी अस्पताल वीरगन्ज — बाराका २० जना, महोत्तरीका २ जना र पर्साका २७ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बाराका १ जना, भक्तपुरका ३ जना, काठमाडौँका २३  जना, पर्साका ४१ जना, ललितपुरका १ जना, नुवाकोटका १ जना, सर्लाहीका ८ जना र सिन्धुपाल्चोकका १ जना

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान — बाजुरा, बारा र भक्तपुरका १-१ जना, चितवन र धादिङ्गका १-१ जना, हुम्लाका १ जना, काठमाडौँका ४ जना, ललितपुरका २६ जना, धनुषाका ३ जना, कैलालीका ३ जना, महोत्तरीका २ जना मकवानपुरका १ जना, पर्साका २ जना, रुपन्देहीका १ जना,सर्लाहीका १ जना र सुनसरीका २ जना

बि एण्ड बि अस्पताल — काठमाडौँका १ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल —काठमाडौँका १६ जना, ललितपुरका ३ जना, रौतहटका २ जना, सर्लाहीका ३ जना र पर्साका १ जना

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला —चितवनका १२ जना, मकवानपुरका १ जना, नवलपरासीका १ जना, सर्लाही र तनहुँका १-१ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा — सिन्धुलीका ९ जना, धनुषाका १ जना, मकवानपुरका १६ जना, महोतरीका २ जना, मोरङका १ जना र रौतहटका ३ जना

धुलिखेल अस्पताल, धुलिखेल — दोलखाका १ जना, काठमाडौँका ३ जना र सिन्धुलीका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला —काठमाडौँका १३ जना

स्टार अस्पताल, प्रयोगशाला — बाराका २ जना, ललितपुरका २ जना, चितवनका १ जना, कैलालीका १ जना, भक्तपुरका २ जना र काठमाडौँका ६ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका १० जना

नेपाल कोरिया मैत्री अस्पताल — धनुषाका १० जना र काठमाडौँका ७ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — कास्कीका १ जना, लमजुङ्गका १ जना, नवलपरासी पूर्वका १ जना, पर्वत र स्याङ्जाका १-१ जना र तनहुँका २१ जना

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ — दाङका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल —रुपन्देहीकाका २ जना, कपिलबस्तुका ५ जना

भेरी अस्पताल प्रयोगशाला – बाँकेका २२ जना, बर्दियाका ५ जना र सुर्खेतका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — अर्घाखाँचीका २ जना

नेशनल प्याथ प्रालि, बुटवल – रुपन्देहीका ११ जना

सेती प्रादेशिक अस्पताल, धनगढी — कैलालीका ५ जना र कन्चनपुरका २ जना, अछामका ६ जना

प्रादेशिक अस्पताल, सुर्खेत — सल्यानका १ जना, सुर्खेतका १८ जना

स्वास्थ्य कार्यालय दैलेख प्रयोगशाला – दैलेखका ३ जना

सेती प्रादेशिक अस्पताल, धनगढी — कैलालीका ५ जना र कन्चनपुरका २ जना, अछामका ६ जना

डढेलधुरा अस्पताल प्रयोगशाला —बझाङ्गका १ जना

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ