२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ४६८ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ९८ जनामा संक्रमण पुष्टि

थपिए ४६८ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ९८ जनामा संक्रमण पुष्टि


काठमाडौं-काठमाडौं उपत्यकामा ९८ सहित थप ४६८ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुर र भक्तपुरमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ ।

कहाँ कति संक्रमित थपिए ?

भरतपुर अस्पताल प्रयोगशाला -चितवनका ८ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज- बाँकेका ११ जना, बर्दियाका १२ जना

विद्य ल्याब ललितपुर- काठमाडौंका १० जना, ललितपुरका १ जना

वीर अस्पताल प्रयोगशाला- भक्तपुरका १ जना, धनुषाका १ जना, काठमाडौंका ३ जना र काभ्रेका २ जना

वी एन्ड वी अस्पताल प्रयोगशाला- ललितपुरका १ जना, रामेछापका १ जना

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला- धनुषाका १ जना, मोरङका २ जना, सप्तरीका २ जना, सिरहाका ४ जना, सुनसरीका १६ जना र तेह्रथुमका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला -डडेल्धुरा बझाङका १ जना, डडेल्धुराका १ जना

धुलिखेल अस्पताल प्रयोगशाला -चितवनका १ जना, दोलखाका ५ जना, काभ्रेका ७ जना र रामेछापका १ जना

कोशी अस्पताल प्रयोगशाला -मोरङका २५ जना, सिरहाका १ जना र उदयपुरका १ जना

लुम्बिनी अस्पताल प्रयोगशाला -कपिलवस्तुका १ जना र नवलपरासी पूर्वका १ जना

नारायणी अस्पताल प्रयोगशाला वीरगन्ज -बाराका १ जना र पर्साका २१ जना

नेपाल कोरिया मैत्री अस्पताल प्रयोगशाला -भक्तपुरका ८ जना र काठमाडौंका ४ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला -काठमाडौंका २४ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला -काठमाडौंका २४ जना, खोटाङका ६ जना, पर्साका ३ जना, रसुवाका १ जना र सर्लाहीका ४० जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला पोखरा -कास्कीका ८ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला -दैलेखका १ जना र सुर्खेतका ४ जना

प्रादेशिक प्रयोगशाला विराटनगर- मोरङका ३८ जना, सुनसरीका ३ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही- गुल्मीका १ जना, कपिलवस्तुका ३१ जना र रुपन्देहीका २ जना

प्रादेशिक प्रयोगशाला जनकपुर- धनुषाका २५ जना, महोत्तरीका ९ जना, सर्लाहीका ३ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा -बाग्लुङका २ जना, गोरखाका १ जना, कास्कीका ३ जना, नवलपरासीपूर्वका १ जना, स्याङजाका १ जना र तनहुँका २ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ -दाङका १० जना

वीरेन्द्र अस्पताल प्रयोगशाला -बर्दियाका २ जना, काठमाडौंका ३ जना र रामेछापका १ जना

सूर्या हेल्थकेयर प्रा.लि. प्रयोगशाला लाजिम्पाट- काठमाडौंका २ जना

स्टार अस्पताल प्रयोगशाला सानेपा -दाङका १ जना, काठमाडौंका १० जना, ललितपुरका ७ जना र सिन्धुलीका १ जना

हेटौडा प्रयोगशाला -बाराका १ जना, मकवानपुरका २१ जना, रौतहटका ४ जना सर्लाहीका ११ जना र उदयपुरका १ जना

स्वास्थ्य कार्यलय दैलेख प्रयोगशाला -दैलेखका २ जना, सुर्खेतका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ