२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ६४१ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १७२ जनामा संक्रमण पुष्टि

थपिए ६४१ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १७२ जनामा संक्रमण पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा १ सय ७२ जना सहित थप  ६ सय ४१ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप  ६४१  जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुर ३८ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म  ९ हजार २ सय २१ जना सक्रिय छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या  १७ हजार ३ सय ३५  पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

ए पी एफ – काठमाडौंका ३ जना

भरतपुर अस्पताल – चितवनका २७ जना, मोरङका १ जना

भेरी अस्पताल – बाँकेका १० जना, बर्दियाका २ जना, दाङका १ जना

विध ल्याब – काठमाडौंका ६ जना, ललितपुरका १ जना, मोरङका ६ जना र पर्साका २ जना

बि एण्ड बि अस्पताल – ललितपुरका १ जना

धुलिखेल अस्पताल – पर्साका ११ जना

गजेन्द्र नारायण अस्पताल – सप्तरीका ११ जना र सिराहाका २ जना

ह्याम्प्स अस्पताल – भक्तपुरका १ जना, धनुषाका १ जना, कन्चनपुरका १ जना, काठमाडौंका १९ जना, ललितपुरका १ जना, नुवाकोटका १ जना, पर्साका २ जना र सिन्धुलीका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – जुम्लाका १ जना र रुकुम पश्चिमका १ जना

कोशी अस्पताल – इलामका १ जना, मोरङका ७३ जना, सिरहाका १ जना र सुनसरीका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल – कपिलबस्तुका १ जना, नवलपरासी पश्चिमका ३ जना र रुपन्देहीका ३ जना

नारायणी अस्पताल – बाराका १ जना र पर्साका ४६ जना

नेपाल कोरिया मैत्री अस्पताल प्रयोगशाला -काठमाडौंका ४ जना, पर्साका १ जना र सर्लाहीका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु – बाराका ६५ जना, काठमाडौंका १७ जना र रौतहटका १३ जना

नेशनल प्याथ ल्याब रुपन्देही – नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका २८ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – कास्कीका ५ जना र तनहुँका ४ जना

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – भक्तपुरका १ जना, धनुषाका ३ जना. काठमाडौंका ९ जना, ललितपुरका २७ जना, महोत्तरीका १ जना, मकवानपुरका १ जना र सुनसरीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर – बाराका १ जना, मोरङका २० जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर – धनुषाका ३२ जना, महोत्तरीका ७ जना र रौतहटका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही – कपिलबस्तुका १ जना, नवलपरासी पश्चिमका २ जना र रुपन्देहीका २७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश – बागलुंगका १ जना, कास्कीका ६ जना, नवलपरासी पुर्वका २ जना, पर्वतका १ जना, पर्साका १ जना र तनहुँका १ जना

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान – दाङका ३ जना, रोल्पाका २ जना

सेती प्रादेशिक अस्पताल – कैलालीका ९ जना र कंचनपुरका ४ जना

सुरिया ल्याब – बाराका १ जना, झापाका १ जना, काठमाडौँका ६ जना

स्टार अस्पताल – बाराका १ जना, भक्तपुरका २ जना, धनुषाका १ जना, काठमाडौँका ९ जना, ललितपुरका ६ जना

शुक्रराज ट्रपिकल अस्पताल टेकु – भक्तपुरका १ जना, काठमाडौँका २४ जना, ललितपुरका २ जना र सर्लाहीका १ जना

त्रि. वि. शिक्षण अस्पताल – बर्दियाका १ जना,  भक्तपुरका ३ जना, कैलालीका २ जना, काठमाडौँका २९ जना, लमजुङ्गका १ जना, नवलपरासी पश्चिमका २ जना, पर्साका १ जना र ताप्लेजुङ्गका १ जना

 

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङ -दाङका १० जना

वीरेन्द्र अस्पताल प्रयोगशाला -बर्दियाका २ जना, काठमाडौंका ३ जना र रामेछापका १ जना

सूर्या हेल्थकेयर प्रा.लि. प्रयोगशाला लाजिम्पाट- काठमाडौंका २ जना

स्टार अस्पताल प्रयोगशाला सानेपा -दाङका १ जना, काठमाडौंका १० जना, ललितपुरका ७ जना र सिन्धुलीका १ जना

हेटौडा प्रयोगशाला -बाराका १ जना, मकवानपुरका २१ जना, रौतहटका ४ जना सर्लाहीका ११ जना र उदयपुरका १ जना

स्वास्थ्य कार्यलय दैलेख प्रयोगशाला -दैलेखका २ जना, सुर्खेतका १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ