२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली सेनाले एकै महिनामा बचायो ६ सय ४३ सर्पदंशका बिरामीको ज्यान, कहाँ कति जना ?

नेपाली सेनाले एकै महिनामा बचायो ६ सय ४३ सर्पदंशका बिरामीको ज्यान, कहाँ कति जना ?


काठमाडौं– नेपाली सेनाले साउन महिनामा ६ सय ४३ जना सर्पदंशका बिरामीको उपचार गरेकाे छ । नेपाली सेनाको सहयोगमा सञ्चालन गरिएको १७ जिल्लाका सर्पदंश उपचार केन्द्रहरुमा साउन महिनामा मात्रै ६ सय ४३ जना सर्पदंशका बिरामीको उपचार गरिएको नेपाली सेनाले जनाएको छ ।

सबैभन्दा बढी झापामा सर्पदंश बिरामीको उपचार गरिएको छ । जहाँ १ सय ७० जना बिरामीको उपचार भएको हो । सेनाले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार झापापछि सिरहामा १ सय ४३ सर्पदंश बिरामीको उपचार गरिएको छ । यस्तै सुनसरीमा १ सय २८, कपिलवस्तु र सर्लाहीमा ४१÷४१ जना, उदयपुर ३२ जना, सप्तरीमा २८ जना सर्पदंशका बिरामीको ज्यान बचाएको छ ।

कैलालीमा २० जना, बारामा १३ जना, बाँकेमा ७ जना, नवलपरासी पूर्व र धनुषामा ४÷४ जना, बर्दिया, कन्चनपुर र महोत्तरीमा ३÷३ जना, मोरङमा २ जना र पर्सामा १ जना सर्पदंश बिरामीको उपचार गरिएको हो ।

विषालु सर्पको टोकाईबाट वर्षेनी थुप्रै नेपालीले ज्यान गुमाइरहेका छन् । यसवर्ष भने नेपाली सेनाले एक महिनामै यति धेरै सर्पदंशका बिरामीको उपचार गर्न सफल भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ