२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी कानुन विपरित काठमाडौं विश्वविद्यालयको परीक्षक

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी कानुन विपरित काठमाडौं विश्वविद्यालयको परीक्षक


काठमाडौं–राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी कानुन विपरीत काठमाडौं विश्वविद्यालयको परीक्षकको रुपमा नेपाल मेडिकल कलेज (एनएमसी)का विद्यार्थीको परीक्षा लिन गएको खुलेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको अर्थोपेडिक डिपार्टमेन्टको हैसियतमा केयुको एमएस अर्थोपेडिक विषयको अन्तिम वर्षको परीक्षा (प्राक्टिकल/क्लिनिकल/भाइवा) लिन उनी एनएमसी गएका हुन् । उनले सो मेडिकल कलेजमा अध्ययनरत एक जना विद्यार्थीको साउन १५ र १६ गते दुई दिन लगाएर परीक्षा लिएका थिए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २४ को उपदफा २ मा आयोगको उपाध्यक्ष नियुक्त भएपछि शिक्षण संस्था वा अन्य कुनै सेवाको बहालवाला व्यक्ति वा पदाधिकारीको वहाल अगाडि रहेको पदवाट निज स्वतः पदमुक्त हुने उल्लेख छ । तर, डा. गिरीले उपाध्यक्ष नियुक्त हुनुअघिकै संस्थाको विशेषज्ञका आधारमा केयुको परीक्षक भएर परीक्षा लिन गएको पाइएको छ ।

आयोगको उपाध्यक्ष भएपछि अन्य काममा सामेल हुन नपाउनुपर्नेमा परीक्षा लिन गएको विषयमा डा. गिरीसँग सम्पर्क गर्दा उनले ऐनले प्राज्ञिक कामका लागि नरोकेको जवाफ फर्काए । ‘म परीक्षा लिन गएको हो,’ उनले हेल्थ आवाजसँग भने, ‘ऐनले एकेडेमिक कामका लागि नरोकेको हुँदा गएको हुँ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ