२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना कोषमा लघुवित्त सँस्थाको थप १ करोड ३२ लाख सहयोग

कोरोना कोषमा लघुवित्त सँस्थाको थप १ करोड ३२ लाख सहयोग


काठमाडौँ –  कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले थप रु.१ करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग प्रदान गरेको छ। सँस्थाले सोमबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

सँस्थाले नेपाल राष्ट्र बैंकको खाता सो रकम जम्मा गराएको छ। सँस्थाका प्रवन्धक राजेन्द्र धितालले संस्थाले यसअघि पनि रु.२५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको र सातवटै प्रदेशमा रहेका शाखा-उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१० लाख आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्।

यति मात्र नभई संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामाग्री वितरणमा सहयोग पुग्ने विश्वास लिएको जारी विज्ञप्तिमा उल्लेख छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ