२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १६८ सहित थप ५८१ संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १६८ सहित थप ५८१ संक्रमण पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा १ सय ६८ सहित थप ५ सय ८१ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय  ८१ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ३९ कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुर  १५  र भक्तपुरमा  १४  जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा  १ सय ६० जना  कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ८ सय ९५   पुगेको छ । यस्तै, आज थप ३ जना संक्रमितको निधन भएसँगै नेपालमा मृतक संक्रमितको संख्या १ सय ७ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

ए पी एफ – काठमाडौंका ६ जना

भेरी अस्पताल – बाँकेका २४ जना र सल्यानका १ जना

विध ल्याब, ललितपुर – काठमाडौंका ६ जना, ललितपुरका १ जना, बाराका १ जना, भक्तपुरका १ जना र पर्साका ३ जना

बीर अस्पताल – बाराका १ जना, काठमाडौँका ११ जना, पर्साका १ जना र सप्तरीका १ जना

वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – मोरङका ११ जना, धनुषाका १ जना, झापाका १ जना र सुनसरीका ३१ जना

डडेल्धुरा अस्पताल – डडेल्धुराका १ जना

बि एण्ड बि अस्पताल – ललितपुरका १ जना धुलिखेल अस्पताल – पर्साका ११ जना

धुलिखेल अस्पताल – बाराका १४ जना, काठमाडौँका २ जना, पर्साका ५८ जना, काभ्रेपलान्चोकका ४ जना

ह्याम्प्स अस्पताल – भक्तपुरका ३ जना, काठमाडौँका १६ जना, महोत्तरीका १ जना, पर्साका १ जना र  धनुषाका १ जना

स्वास्थ्य कार्यालय दैलेख – दैलेखका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – जुम्लाका ३ जना

के एम सी अस्पताल – भक्तपुरका १ जना, काठमाडौँका ४ जना र ललितपुरका १ जना

कोशी अस्पताल – मोरङका ७ जना

लुम्बिनी प्रादेशिक अस्पताल – नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका १० जना र कपिलवस्तुका १ जना

नारायणी अस्पताल – बाराका ५ जना र पर्साका ६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु – बाराका ३५ जना, काठमाडौंका २० जना, भक्तपुरका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका ३ जना, सर्लाहीका १२ जना र सिन्धुपाल्चोकका ५ जना

नेशनल प्याथ ल्याब रुपन्देही – रुपन्देहीका ११ जना र कपिलवस्तुका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – कास्कीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर – काठमाडौँका २ जना, मोरङका २२ जना, झापाका ६ जना, सुर्खेतका १ जना र तनहुँका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही – अर्घाखाचीका १ जना, प्युठानका २८ जना र रुपन्देहीका ९ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश – कास्कीका १२ जना, नवलपरासी पुर्वका १ जना र स्याङ्जाका ४ जना,

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान –  दाङका १ जना

सेती प्रादेशिक अस्पताल – कैलालीका १६ जना र कंचनपुरका १२ जना

विरेन्द्र अस्पताल – कास्कीका १ जना र काठमाडौँका ७ जना

सोरिया ल्याब – भक्तपुरका १ जना, पर्साका १ जना र काठमाडौँका १ जना

स्टार अस्पताल – बाराका १ जना, भक्तपुरका २ जना, दाङका १ जना, काठमाडौँका ७ जना, ललितपुरका ३ जना, धनुषाका १ जना, मकवानपुरका १ जना, झापाका १ जना र धादिङ्गका २ जना

शुक्रराज ट्रपिकल अस्पताल टेकु – बाराका २ जना, भक्तपुरका २ जना, काठमाडौँका २० जना, ललितपुरका ४ जना, पर्साका १ जना, रौतहटका ८ जना, चितवनका १ जना र सर्लाहीका १ जना

त्रि. वि. शिक्षण अस्पताल – भक्तपुरका १ जना, काठमाडौँका ११ जना, महोत्तरीका १ जना, पर्साका २ जना, रुपन्देहीका २ जना, सर्लाहीका १ जना, धादिङ्गका २ जना, तनहुँका १ जना र नुवाकोटका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा – मकवानपुरका ३ जना, सर्लाहीका २ जना

नेपाल प्रहरी अस्पताल –  काठमाडौँका ९ जना र ललितपुरका १ जना

नेपाल कोरियन मैत्री अस्पताल – भक्तपुरका २ जना, काठमाडौँका ९ जना, ललितपुरका २ जना र पर्साका २ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ