२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफर्जी मेडिकल रिपोर्टबारे अख्तियारले सुरु गर्यो छानबिन

फर्जी मेडिकल रिपोर्टबारे अख्तियारले सुरु गर्यो छानबिन


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर प्रकारका रोग लागेको भन्दै फर्जी मेडिकल रिपोर्ट बनाउने स्वास्थ्यका कर्मचारीमाथि छानविन थालेको छ । चिकित्सकको नियमित निगरानीमा रहेका कर्मचारीलाई दुर्गम र गम्भीर बिरामी भएको भन्दै फर्जी रिपोर्ट पेश गर्नेलाई संघमा समायोजन गरेपछि अख्तियारले छानविन थालेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले स्वास्थ्यकर्मीमाथि छानविन सुरु गरेको बताए । अख्तियार स्रोतका अनुसार सबै मेडिकल रिपोर्ट लिएर छानविन अगाडि बढाइनेछ ।

सरकारी सेवामा प्रवेश गरेका कर्मचारीहरुमध्ये धेरैमा मानसिक स्वास्थ्यको समस्या रहेको सरकारले गठन गरेको मेडिकल बोर्डले प्रतिवेदन दिएको थियो । तर, मानसिक रोगलाई गम्भीर रोगमा राखिएको छैन् । सो प्रतिवेदनमा अधिकांश कर्मचारीहरुलाई मानसिक स्वास्थ्यका कारण देखाउँदै संघको पुल दरबन्दीमा समायोजन गर्न सिफारिस गरेको पाइएको छ । यसरी, मानसिक स्वाथ्यको कारण समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको हकमा पुनर्विचार÷पुनरावलोकन गर्न सिफारिस गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ