२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुग्यो


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जना संक्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्  ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय वृद्ध र काठमाडौँकी ५८ वर्षीया महिला संक्रमितको निधन भएको हो ।

सोमबार थप ३ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ