२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश प्रहरी र गणमा कार्यरत ४४ प्रहरीलाई कोरोना

प्रदेश प्रहरी र गणमा कार्यरत ४४ प्रहरीलाई कोरोना


विराटनगर—१ नम्बर प्रदेश प्रहरी कार्यालय र प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ४४ जना प्रहरीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका भित्र मंगलबार ९६ जनालाई संक्रमण देखिएकामध्ये प्रदेश प्रहरी र गणमा कार्यरत ४४ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको हो ।

विराटनगरमा १२ मा मंगलबार ५० जना संक्रमण देखिएकामध्ये ४४ जना प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरीमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य निरिक्षक तथा कोभिड—१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए ।

‘प्रदेश प्रहरी कार्यालय विराटनगर १२ मा पर्ने भएकोले यस वडामा आज ५० जनामा संक्रमण देखिएको हो,’ उनले भने, ‘बाँकी ६ जना अरु स्थानीयमा देखिएको छ ।’

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले केही प्रहरीलाई संक्रमण भएको बताए । ‘केही प्रहरीमा संक्रमण देखिएको हो,’ उनले भने, ‘संक्रमित प्रहरीलाई आइसोलेसनमा राखिनेछ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ