२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ ।
मंगलवार साझ ५ बजेर ५५ मिनेटमा निधन भएको घिमिरेकी छोरी डा. किरण रेग्मीले हेल्थ अवाजलाई बताइन् । उनको लैनचाैरस्थित घरमै निधन भएको हो । ‘घरमै हुनुहुन्थ्यो ’ डा. रेग्मीले भनिन् ‘ अहिले साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।’ कवि घिमिरेलाई लामो समयदेखि पेट र छातीकाे समस्या थियो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

उनकाे नव मञ्जरी, गौरी (शोककाव्य), हिमालपारि हिमालवारि (गीतिनाटक), राष्ट्रनिर्माता, मालती मङ्गले,(गीतिनाटक), किन्नर-किन्नरी (गीतसङ्ग्रह),इन्द्रकुमारी, चारु चर्चा (निबन्ध), राजेश्वरी, आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ