२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा संक्रमित बढदै, कुन वडामा कति ?

विराटनगरमा संक्रमित बढदै, कुन वडामा कति ?


विराटनगर – प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा कोरोना संक्रमण दिनप्रतिदन बढदै गएको छ । विराटनगर महानगरपालिकाभित्र आठ सय नजिक संक्रमित पुगेका छन् । विराटनगरभित्र पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० रहेका छन् ।

बुधबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी विराटनगर २ मा देखिएको छ । सो वडामा ५ पुरुष र ४ महिला गरी ९ जना संक्रमित रहेको सामाजि विकास मन्त्रालयले जनाएको छ । विराटनगर ५ मा पाँच पुरुष र ३ महिला गरि ८ जना रहेका छन् । विराटनगर ६ र ८ वडाभित्र ६-६ जना संक्रमित रहेका छन् । विराटनगर १५ मा ३ महिला र १ पुरुष गरि चार जना र विराटनगर १३ मा तीन जनालाई संक्रमण देखिएको छ ।

यस्तै विराटनगर १, ३, ९, ११ र १७ वडामा २-२ जना संक्रमित थपिएका छन् । विराटनगर ४, ७, १२, १४ र १६ मा १-१ जना संक्रमित रहेका छन् । एक जना संक्रमित वडा नखुलेको रहेको छ ।

५२ नयाँ संक्रमित थपिएसँगै विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या ७ सय ४३ जना पुगेका छन् । विराटनगरभित्र ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ