२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना पोजेटिभ

काठमाडौँ उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना पोजेटिभ


काठमाडौं-नेपालमा थप ७ सय ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रैं झण्डै २ सय जनामा कोरोना पोजेटिभ देखिएको छ ।

लकडाउन खुलेसँगै बढी जनघनत्व र भिडभाड भएका काठमाडाैं उपत्यका संक्रमण उच्च हुन थालेको हो । बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयले बुधबार रातिदेखि निषेधाज्ञा जारी गरेका छन् ।

विज्ञहरु काठमाडौं उपत्यकामा सामाजिक दूरी कायम नराख्ने, मास्क प्रयोग नगर्ने, भिडभाड गर्नेजस्ता कारण कोरोना जोखिम बढेको बताउँदैं आएका छन् । मन्त्रालयले पनि मास्कको प्रयोग, सामाजिक दूरी, भिडभाड नगर्न बारम्बार सचेत गराउँदैं आएको छ ।

यसअघि मंगलबार एकै दिन नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको थियो । जुन नेपालमा अहिलेसम्म एकै दिन पुष्टि भएको सर्वाधिक केस हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ