२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुलुकभर १ सय २९ संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा

मुलुकभर १ सय २९ संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा


काठमाडौँ – मुलुकभर हालसम्म १ सय ३६ जना संक्रमित भेन्टीलेटर र आइसियुमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो तथ्यांक अनुसार ७ जना संक्रमित भेन्टिलेटरमा र १ सय २९ जना संक्रमित आइसियुमा रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। उक्त प्रदेशमा ५४ जना आइसियुमा र ७ जना संक्रमित भेन्टिलेटरमा छन्।

यस्तै, प्रदेश १ मा ११ जना, प्रदेश २ मा ४६ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १२ जना आइसियुमा उपचाररत छन्। यता, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने  कुनै पनि संक्रमित आइसियुमा नरहेको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ