२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाध्यो, कुन जिल्लामा कति पुगे ?

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाध्यो, कुन जिल्लामा कति पुगे ?

काठमाडौमा २ हजार १ सय सकृय संक्रमित


काठमाडौ–नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार कटेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ८ सय ३८ थपिएसंगै नेपालमा संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार संक्रमित मध्ये १८ हजार २ सय १४ जना निको भइसकेका छन् भने १२ हजार १ सय ३२ जना सकृय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा रहेकामध्ये ३ हजार ५ सय ८६ जना घरमै बसेका छन् । पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौ र मोरङ्गमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् ।

अहिले सकृय संक्रमितको संख्या सबैधन्दा बढी काठमाडौमा रहेका छन् । काठमाडौमा २ हजार १ सय सकृय संक्रमित छन् । काठमाडौ पछि पर्षामा १४ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

देशभर कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको हो । नेपालमा संक्रमण फैलिए पछिको एकै दिन मृत्यु हुनेको संख्यो यो सबैभन्दा धेरै हो ।

मनलयको तथ्यांक अनुसार हाल देभर १ सय ४८ जना कोरोनाको कारण गम्भिर संक्रमित भएका छन् । जसमा १ सय ३३ जनालाई आइसियुमा राखेर उपचार गरीरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गम्भिर विरामी हुनेहरुमा प्रदेश १ मा १६ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना आइसियु र १५ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ जना आइसियुमा र प्रदेश ५ मा १३ जना आइसियुमा उपचाररत छन् ।
मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनामा आरटि पिसिआर गरीएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ