२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौ उपत्यकामा कोरोना उपचारकालागि ६००० वेड आइसोलेसन व्यवस्था गर्ने

काठमाडौ उपत्यकामा कोरोना उपचारकालागि ६००० वेड आइसोलेसन व्यवस्था गर्ने


काठमाडौ–सरकारले काठमाडौ उपत्यकामा बढ्दै गएको काेभिड-१९ (कोरोना) संक्रमितको संख्यालाई मध्यनजर गर्दै हाललाई ६ हजार आइसोलेसन बेड व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बिहिवार बसेको मन्त्रीपरिषद बैठकले तत्काललाई ६ हजार बेडको आइसोलेसन बेड व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ । जसकालागि सरकारी अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल र प्रतिष्ठानलाई लिने उल्लेख छ । आवश्यकताअनुसार आइसोलेसन वेड थप्दै जने समेत उल्लेख छ ।

त्यसैगरी काठमाडौ बाहिर आइसोलेसन बेड थप गर्न प्रदेश सरकारलाई जिम्मा दिएइएको छ । आइसोलेसनको सुरक्षा व्यवस्था नेपाली सेनाले गर्ने ।

सरकारले वैदेसीक रोजगारीमा गएकाहरुलाई ल्याउने तयारी स्वरुप काठमाडौ उपत्यकामा एकिकृत क्वारेन्टाइन बनाउन समिति बनाएको छ । गृह सचिवको नेतृत्वमा स्वास्थ्य, अर्थ स्थानीय विकासका सहसचिव, सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सदस्य रहने छन् । क्वारेन्टाइनको व्यवस्थापन नेपाली सेनालाई दिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

उनले बिहिवार बसेको मन्त्रीपरिषदको बैठकमा कोभिड–१९ को विषयमा मात्र छलफल भएको बताए । ‘सरकारले कोभिड–१९ बाट जनताई क्षती नहोस भनेर त्यही विषयमा मात्र हिजोको बैडक बस्यो ।’ बैठकका निर्णय सार्वजानीक गर्दै उनले भने ‘जोखिमलाई गम्भिरतापुर्वक लिएर कोभिडाको विषयमा मात्र बैठक बसेको हो ।’

मन्त्रीपरिषद्ले अन्तराष्ट्रिय आवतजावत, जिल्ला भित्र बाहिरको आवतजावतलाई कडाइ गर्ने समेत निर्णय गरेको छ । साथै स्वास्थ्य र सुरक्षाको मापदण्डमा कढाइ गर्ने । यदी कसैले उल्लंघन गरेमा तत्काल कार्वाही गर्न जिल्ला प्रशासनलाई अधिकार दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ